Swornakshar Logo

तीन प्रतिवेदन पारित गर्दै एमाले विधान महाधिवेशन सकिने

काठमाडौँ । नेकपा एमालेको पहिलो विधान महाधिवेशन आज सकिँदैछ । तीन दिनदेखि जारी महाधिवेशन आज तीनवटा प्रतिवेदन पारित गरेर सकिदै छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रस्ताव , महासचिव ईश्वर पोखरेलको सांगठानिक र उपमहासचिव विष्णु पौडेलको विधान संशोधन प्रस्ताव पारित गरेर गादावरीमा जारी विधान महाधिवेशन सकिदै छ ।

प्रतिवेदनमाथि छलफल गर्न १० वटा समुह बनाएको थियो । शनिवारबाट समुहगत रुपमा भएको छलफलको केन्द्रीय निकाय तथा विभाग, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशले सुझाव प्रस्तुत गरेका थिए ।

आज प्रदेश नं. २, उपत्यका विशेष कमिटी, सम्पर्क समन्वय कमिटी , गण्डकी प्रदेश र जनसंगठन तथा प्रवासका समूहले सुझाव दिने छन् ।

सुझावपछि राजनीति प्रतिवेदनमा पार्टी अध्यक्ष ओलीले, सांगठानिक प्रतिवेदनमा महासचिव पोखरेलले र विधान संशोधनमा उपमहासचिव पौडेलले जवाफ दिनेछन् ।

एमालेले पार्टीको १० औं महाधिवेशनको नीति र नेतृत्व चयनका लागि विधान महाधिवेशनको आयोजना गरेको थियो । महाधिवेशनमा ६ हजार ३४७ जना प्रतिनिधि सहभागी छन् । शुक्रबारबाट सुरु भएको एमालेको विधान महाधिवेशन आज तीन प्रतिवेदन पारित गर्दै सकिँदैछ ।