Swornakshar Logo

आज अखिल क्रान्तिकारीले नेतृत्व चयन गदै

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अनेरास्ववीयू (क्रान्तिकारी)को नेतृत्व आइतबार आज चयन हुने भएको छ । बिहिबारबाट सुरुभएको २२ राष्ट्रिय सम्मेलनले राजनीति प्रस्ताव, विधान र सांगठनिक प्रस्ताव पास गरेको छ । तीन दिनसम्म चल्ने भनेको सम्मेलन नेतृत्व चयनमा ढीलाइ हुदा एक दिन लम्बिएको हो ।
नेतृत्वको दाबेदार ६ जना उपाध्यक्ष नै भएकाले नेताहरुको व्यवस्थापन र नयाँ नेतृत्व चयनमा ढीला भएको हो । २१ औं राष्ट्रिय सम्मेलनमा निर्वाचन गरेर नेतृत्व टुङग्याएपनि यो पटक निर्वाचन नगर्ने भनिएको थियो ।
आज दिनभरीमा नेतृत्व टुङग्याउने र सम्मेलन आजै सक्ने तयारी भएको एक विद्यार्थी नेताले जानकारी दिए ।