Swornakshar Logo

एमालेको विधान महाधिवेशनः उपमहासचिवको पद हटाइयो, उपाध्यक्ष ५ हुने

काठमाडौं । नेकपा एमालेले पार्टीको विधानबाट उपमहासचिव पद हटाएको छ । यसअघि भएको एमालेको नवौ महाधिवेशनमा दुई जना उपमहासचिव थिए । तर दशौं महाधिवेशनको लागि तयार भएको विधानमा उपमहासचिव पद हटाइएको छ ।

एमालेमा वष्ष्ठि नेताको पनि व्यवस्था थियो त्यो पनि अहिलेको विधानबाट हटाएको छ । नयाँ विधान अनुसार एमालेमा अध्यक्ष, ५ उपाध्यक्ष, महासचिव र ६ सचिव हुने छन् ।
आयोग र निकायमा पनि अध्यक्ष,उपाध्यक्ष र सचिव रहने व्यवस्था गरेको छ ।
पहिला अध्यक्ष र सचिवमात्र हुने व्यवस्था थियो ।