Swornakshar Logo

ओलीका उत्तराधिकारी शंकर पोखरेल नै हुन त ?

काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशन ललितपुरको गोदावरीको सनराइज सभागृहमा जारी छ । शुक्रबार उद्घाटन भएको महाधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन पेश हुदै छ । प्रतिवेदन सुरुमा ओली आफैले वाचन गरे । तर बीचमा नै ओलीले पढ्न नसकेपछि राजनीतिक प्रतिवेदन पढ्न शंकर पोखरेललाई लगाए ।
ओलीले करिब ४५ मिनेट राजनीतिक प्रतिवेदन पढेपछि रुघाखोकीका कारण बोल्न गाह्रो भएको भन्दै भाषण पढ्नका लागि शंकर पोखरेललाई भनेका छन् ।
अहिले देशभर धेरैलाई रुघाखोकी र भाइरल ज्वरोको समस्या देखिएको छ ।

ओलीमा समस्या देखिएको हो अथवा महासचिव ईश्वर पोखरेललाई बाइपास गरेर अर्का पोखरेललाई मंसिरमा हुने महाधिवेशनको लागि महासचिवको रुपमा उभ्याएका हुन ? विधान महाधिवेशन हलमा चर्चाको विषय बनेको छ ।
महासचिव पोखरेलको सांगठनिक प्रतिवेदन पेस गर्नु पर्छ । तर पनि विधान महाधिवेशनमा शंकर पोखरेललाई आफ्नो प्रतिवेदन पढ्न लगाउनु अर्थपूर्ण रुपमा हेरीएको छ । शंकर पोखरेललाई ओलीले पछिल्लो समयमा महासचिव र उपमहासचिव विष्णु पौडले भन्दा बढी महत्व दिन थालेको एमाले नेताहरु बताउछन् ।
नेकपा हुदा पनि पोखरेल ओलीका विरुद्ध अथवा ओलीको आलोचना हुने बित्तिकै बुटवलबाट आएर छलफल गर्ने गर्थे । तर जब की त्यो समयमा पोखरेल लुम्बिनी प्रदेशका मुख्यमन्त्री थिए । पार्टी नेकपा विभाजन पछि अल्पमतमा परेका पोखरेलले जालझेल गरेर मुख्यमन्त्री भइरहेका थिए । तर पछिल्लो समयमा गठबन्धनले अविश्वासको प्रस्ताव राख्ने र प्रदेश प्रमुख पनि उनी अनुकुल नभएपछि राजीनामा दिएका थिए ।