Swornakshar Logo

स्थायनीय तहका सम्मेलनको समय सा¥यो माओवादी केन्द्रले

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले छिटै मन्त्रिपरिषदलाई पूर्णता दिने भएको छ । सरकार बनेको लामो समय हुदा पनि मन्त्रीपरिषद विस्तार हुनसेको छैन ।

सोमवार बिहान पार्टी कार्यलय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले मन्त्रिपरिषदलाई छिटै पूर्णता दिन गठबन्धन दलहरुसंग छलफल गर्ने भएको छ ।

स्थायी कमिटी बैठकमा सरकारको पूर्णताको लागि कानून, अध्यादेश तथा सर्वोच्च अदालतमा रहेका मुद्दा र मन्त्रिमण्डल बिस्तारका बारेमा छलफल अगाडि बढाउने निर्णय भएको स्थायी कमिटी सदस्य देव गुरुङले जानकारी दिए ।

गुरुङले भने, ‘पार्टीको आन्तरिक विषयमा बैठक बसेको थियो । संगठन विभागको रिपोर्टिङ सुनेर पार्टी सदस्यता नविकरणको समय बढाइयो, टोल भेला कार्तिक ६ गते,१३ गते वडा सम्मेलन र मंसिर १४ गते स्थानीय तहरुको सम्मेलन सक्ने निर्णय भएको छ ।’
स्थायी कमिटी बैठकले राष्ट्रिय र प्रदेश सम्मेलन नसार्ने र अरुको समय सार्ने भन्ने विषयमा छलफल भएको गुरुङले बताए । मन्त्रीपरिषद विस्तारबारे कानूनी रुपमा अप्ठेरो नखुलेकाले त्यसबारेमा बुझ्ने कुरा भएको छ । कानूनीरुपमा समस्या हल भएपछि मन्त्रीपरिषद विस्तार हुने गुरुङले बताए ।

स्थानीय तहका सम्मेलनको समय सारेपनि प्रदेश र राष्ट्रिय सम्मेलनको समय नसारेको गुरुङले बताए । माओवादी केन्द्रले राष्ट्रिय सम्मेलन पुस ११ गतेदेखि १३ गतेसम गर्ने निर्णय गरेको छ ।