Swornakshar Logo

एमाले विवादः बैठक छोडेर हिडे भीम रावल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावल जारी केन्द्रीय कमिटी बैठक बहिस्कार गरेर हिडेका छन् । तीन दिनदेखि जारी केन्द्रीय कमिटी बैठकको अन्तिम दिन बहिस्कार गरेर हिडेका हुन ।
आइतबार बिहान बसेको स्थायी कमिटी बैठकमा केहि पनि नबोलेका रावलले केन्द्रीय कमिटी बैठक नै बहिस्कार गरेका छन् । स्थायी कमिटी बैठकमा केहि पनि नबोल्ने बताएका रावलले केन्द्रीय कमिटी बहिस्कार गर्नु असन्तुष्टि पोखेको बताइन्छ ।

रावलले एमाले पार्टीलाई २ असार अथवा १० बुँदे सम्झौता अनुसार लैजानु पर्ने माग राख्दै आएका छन् । तर ओलीले यो बैठकमा त्यो एजेण्डा नै हुननसक्ने बताएपछि रावल झन रुष्ट बनेका छन् । रावलले आफु सुदुरपश्चिम प्रदेशको पार्टी कमिटीको इन्चार्ज हुनु पर्ने माग राख्दै आएका छन् तर ओलीले माओवादीबाट एमालेमा नै रहेका लेखराज भट्टलाई इन्चार्ज तोकेका छन् ।

रावलको पक्षमा केन्द्रीय कमिटीमा पनि दुई जनामात्र नेता देखिएका छन् । जसमा झपट रावल र भानुभक्त जोशी । यी दुई जनालेमात्र बैठकमा १० बुँदे कार्यान्वयन हुनु पर्ने माग गरेका थिए ।