Swornakshar Logo

रामबहादुरको उद्घोष प्रचण्डसँग चुनाव लड्न तयार छुँ

काठमाडौं । नेकपा एमालेका नेता रामबहादुर थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग चुनाव लड्ने बताएका छन् । गृह जिल्ला चितवन पुगेका थापाले भरतपुर विमास्थलनमा पत्रकारसंग कुरा गदै आगामी निर्वाचनमा प्रचण्डसँग चुनाव लड्न तयार रहेको बताएका छन् ।

उनले भने, चुनाव लड्ने विषयमा पार्टीले निर्णय गरेको छैन । आगामी दिनमा पार्टीले निर्णय गरेमा प्रचण्ड भर्सेस बादल हुन पनि सक्छ ।’ थापा र प्रचण्डको चुनाव क्षेत्र चितवन एउटै पर्छ ।
थापाले जेठ ६ गते भएको राष्ट्रिय सभाको चुनाव गठबन्धनका खिमलाल देवकोटासंग हारेका हुन । उनलाई एमालेले उम्मेदवार बनाएको थियो ।