Swornakshar Logo

माओवादीले मन्त्रीको टुङ्गो लगाउँदै, यी हुन् सम्भावित मन्त्री

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्रीहरुको नामका बारेमा छलफल सुरु गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको दिन नै दुई जना मन्त्रीपरिषदमा सहभागी गराएको माओवादी केन्द्रले थप चार जना मन्त्री र एक राज्य मन्त्रीको नामका बारेमा स्थायी कमिटीमा छलफल सुरु गरेको बुझिएको छ ।

सरकार बनेको धेरै लामो समय हुदा पनि मन्त्रीपरिषद विस्तार हुन सकेको छैन । त्यही भएर सरकारको आलोचना हुन थालेको छ । प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनका नेताहरुलाई मन्त्रीको नाम माग्न थालेको पनि लामो समय भएको छ । तर गठबन्धनमा सहभागी दलहरुले मन्त्रीको नामावली नदिदा अहिलेसम्म मन्त्रीपरिषद विस्तार हुन सकेको छैन ।

माओवादी केन्द्रले भने अब अन्य दलहरुले नामावली नदिएपनि आफ्नो तर्फबाट एक दुई दिनमा मन्त्रीको नाम देउवालाई बुझाउने तयारी गरेको छ ।

माओवादीबाट मन्त्री हुने सम्भावित व्यक्तिहरु
१.देवेन्द्र पौडेल
२.महेश्वर गहतराज
३.सुदन किराँती
४.शशि श्रेष्ठ
५.हरि चौधरी
६.अमनलाल मोदी