Swornakshar Logo

नेकपा एसको पदाधिकारीमा तीनजना थपिए

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को पदाधिकारीमा तीन जना थपिएका छन् । बिहीबार बिहान सार्वजनिक भएको पदाधिकारीमामा नसमेटिएका तीन जना केन्द्रीय सदस्यहरु पदाधिकारीमा परेका छन् ।
तीन दिनसम्म चलेको केन्द्रीय कमिटी बैठक आज सकिएको छ । बिहान कार्यलय बसेर पदाधिकारीको टुङगो लगाएको थियो । तर केहि केन्द्रीय सदस्यले आफूभन्दा जुनियर पदाधिकारी हुदा पनि आफ्नो नाम भने केन्द्रीय कमिटीमा मात्र भन्दै असन्तुष्टि जनाएका स्रोतले बताए । केहि नेताको असन्तुष्टिका कारण तीन जना नेताहरु पदाधिकारीमा थपिएका छन् ।

जसमा उपाध्यक्षमा केदार न्यौपाने, घनेन्द्र बस्नेत र सचिव बनाइएका केशवलाल श्रेष्ठ थपिएका छन् । बिहान श्रेष्ठ सचिव बनाइएका थिए । सचिवमा राजेन्द्र राई थपिएका छन् । उनी प्रदेश नं १का संसदीय दलका नेता हुन । अब नेकपा एकीकृत समाजवादीको १८ जनाको पदाधिकारी बनेको छ । पदाधिकारीमा युवा र पहिलो पुस्ता छन् ।

अध्यक्ष ,वरिष्ठ नेता र महासविच पहिलो पुस्ताका नेताहरु छन् भने उपमहासचिव सचिव उपाध्यक्षमा दोस्रो पुस्ताका युवा नेताहरु रहेका छन् । बिहीबार नै पदाधिकारीमा तीन जना नेताहरु थपेर जिम्मेवारी पनि हेरफेर गरेको छ ।

राजेन्द्र राई अखिलको अध्यक्ष हुदा रामकुमारी झाँक्री सचिव थिइन । तर बिहान झाँक्री सचिव हुदा राई केन्द्रीय सदस्यमा थिए । राइले मुखै खोलेर असन्तुष्टि पोखे पछि सचिवमा थपेको स्रोतले बताए ।

यी हुन नेकपा एकीकृत समाजवादीका पदाधिरी

१.अध्यक्षः माधवकुमार नेपाल

२.वरिष्ठ नेताः झलनाथ खनाल

३.नेताः मुकुन्द न्यौपाने

४.उपाध्यक्षः राजेन्द्र पाण्डे

५.उपाध्यक्षः प्रमेश हमाल

६.उपाध्यक्षः घनेन्द्र बस्नेत

७.उपाध्यक्षः केदार न्यौपाने

८.उपाध्यक्षःकेशवलाल श्रेष्ठ

९.उपाध्यक्षःधर्मनाथप्रसाद साह

१०.उपाध्यक्षः जयन्ती राई

११.महासचिवः डा. बेदुराम भुसाल

१२.उपमहासचिवः प्रकाश ज्वाला

१३.उपमहासचिवः डा. गंगालाल तुलाधर

१४.उपमहासचिवः डा. विजय पौडेल

१५.सचिवः नागेन्द्रप्रसाद चौधरी

१६.सचिवः जगन्नाथ खतिवडा

१७.सचिवः राजेन्द्रकुमार राई

१८ंसचिवः रामकुमारी झाँक्री