Swornakshar Logo

मन्त्रीपरिषद विस्तारबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक बधुबार साँझ बस्ने भएको छ । गठबन्धनको बैठकले मन्त्रीपरिषदलाई विस्तार गर्ने बारेमा छलफल हुने बताइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले गठबन्धनको बैठक बस्ने जानकारी दिए । बैठक बालुवाटार बस्छ कि सिंहदरबार टुङगो लागेको छैन ।

मंगलबार बसेको गठबन्धन दलको बैठकमा माओवादीबाट मात्रै भएपनि मन्त्री हुनेको नाम पठाउन प्रधानमन्त्री देउवाले अध्यक्ष प्रचण्डसँग प्रस्ताव गरेका थिए । माओवादी केन्द्रको स्थायी कमिटीको बैठक पेरिसडाँडामा बसिरहेको छ भने काँग्रेसको पदाधिकारी बैठक पनि सिंहदरबारमा जारी छ ।
गठबन्धनको बैठकका कारण नेकपा (एकीकृत समाजवादी)को आजको बैठक स्थिगित भएको छ ।