Swornakshar Logo

नेकपा एकीकृत समाजवादीले जारी बैठकबाट महासचिव चुन्ने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले बिहीबार महासचिव बारे टुङगो लगाउने भएको छ । मंगलबारबाट बैठक सुरु भएको थियो । बिहीबार बैठकले अध्यक्ष माधवकुमार नेपालले पेश गरेको राजनीतिक प्रतिवेदन संशोधनसहित पारित गरेको छ ।

एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार भोलिको बैठकले पार्टीको महासचिव टुंगो लगाउने जानकारी दिए । नेकपा एसले यहि बैठकबाट स्थायी कमिटी र पोलिटब्युरो पनि टुङग्याउने छ ।
नेकपा एसले ‘समाजवाद’ नामक मुखपत्र प्रकाशित गर्ने भएको छ । पार्टीको चुनाव चिह्न पनि भोलीको बैठकबाट टुंगो लगाउने तयारी भएको खतिवडाले जानकारी दिए ।