Swornakshar Logo

नारायण खड्का परराष्ट्र मन्त्री, आजै अमेरिका जाने तयारी

काठमाडौं । सरकार बनेको दुई महिना भन्दा बढी समय हुदा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीपरिषद विस्तार गर्न सकेका छैनन् । बुधबार बल्ल देउवाले नारायण खड्कालाई परराष्ट्र मन्त्री नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन्।
खडका नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन । उनले कांग्रेस पार्टीमा पनि परराष्ट्र विभाग हेदै आएका छन् ।

बालुवाटार स्रोतका अनुसार खड्कालाई परराष्ट्र मन्त्री नियुक्त गर्न सिफारिस गरेर आज बिहान राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री देउवाले पत्र पठाएका छन् ।

खड्काको आजै सपथग्रहण गर्ने कार्यक्रम छ। आजै बेलुकी संयुक्त राष्ट्रसंघीय महासभामा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उनी अमेरिका जाने छन् । स्रोतका अनुसार खड्कासहितको टोली अमेरिका जान सबै तयारी पूरा भइसकेको बताएको छ ।

उनी पूर्वसहरी विकास मन्त्रीसमेत हुन्।