Swornakshar Logo

आफ्नै कार्यकर्ताबाट कुटिए एमालेका मेयर

बुटवल । बुटवलका मेयर शिवराज सुवेदीलाई कुट्ने एमालेका कार्यकर्ता भएको खुलेको छ । एमालेबाट मेयर जितेका सुवेदी रुपन्देही एमालेका जिल्ला अध्यक्ष पनि हुन ।
सोमबहार पहिरो गएको ठाउँको निरीक्षण गर्न गएका थिए । उनी पहिरो निरीक्षण गर्न बुटवल उपमहानगरपालिका ३मा पुगेका थिए ।

उनी नगरपालिका सुरक्षा टोली र प्रहरीसहित निरीक्षण गर्न गएका थिए । निरक्षण गदै स्थानीयसंग कुराकानी गरीरहेको समयमा एक जना युवा दगुर्दै आएर उनलाई कुटेका थिए ।

मेयेर सुवेदीलाई कुट्ने युवा गणेश पंगेनी हुन । उनीे एमाले निकट अनेरास्वीयुका जिल्ला कमिटी सदस्य रहेको खुलेको छ । उनी हाल लुम्बिनी वाणिज्य क्याम्पस बुटवलमा अध्ययनरत विद्यार्थी हुन । उनी मेयर निरीक्षण गर्न गएको पहिरो प्रभावित क्षेत्रका स्थानीय बासीन्दा हुन । पहिरो जादा सरकारले र स्थानीय सरकारले चासो नदिएको भन्दै स्थानीइ आक्रोसीत भएका थिए ।