Swornakshar Logo

ओलीलाई नेपालकै भ्रष्ट भन्ने घनश्याम, योगेश, गोकर्णले आत्मसमर्पण गरेः प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेका तेस्रो धारका नेताहरुले ओलीसंग आत्मसमर्पण गरेको बताए । नेकपा हुदा केपी ओलीलाई नेपालकै भ्रष्ट भन्ने नेताहरुले नै ओलीको अगाडि आत्मसमर्पण गरेको आरोप लगाए । ओलीका विरुद्ध लामो संघर्ष गरेर पनि अन्तिममा ओलीसंगै मिल्न गएका एमालेका तेस्रो धारका १० जना नेताहरुलाई प्रचण्डले आत्मसमर्पण गरेको आरोप लगाएका हुन ।

सोमवार सूर्यनाथ राम यादवको स्मृति सभालाई सम्बोधन गदै प्रचण्डले भने ‘घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्टजस्ता आफूलाई अलि वैचारिक दावी गर्ने नेताहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नेपालकै भ्रष्ट नेता भन्नु हुन्थ्यो । तर अहिले आएर उनै ओलीसंग आत्मसमर्पण गरेका छन् ।’

उनले अगाडि भनेका छन् ‘ती सबै आत्मसमर्पण गर्ने नेताहरुलाई थाह छ केपीको निरंशुकता , भ्रष्टाचारी नेता। झेली नेता , मलाई त उहाँहरूले सिकाएको हो, यो यति भ्रष्ट, बेइमान, यति छली भनेर।

हामीलाई दह्रोगरी खुट्टा टेक्नुहोस भन्नु हुन्थ्यो १० जना साथिहरु तर अन्तिमा आत्मसमर्पण गर्नु प्रचण्डले भने ,‘पद प्रतिष्ठाका लागि विचार, सिद्धान्त पोलेर खान लाज नमान्नेहरुको जामात रहेछ ,हामीले त वैचारीक नेताहरु हुन भन्ठान्यौ ।’