Swornakshar Logo

केपी ओली मलामी जाँदा नि बाजा बजाउँदै, नाच्दै हिँडिदिन्छन्ः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओली मलामी जाँदा पनि बाजा बजाउँदै नाच्दै हिड्न सक्ने मानिस भएको बताएका छन्। सोमबार पार्टी कार्यलय पेरिसडाँडामा सूर्यनाथ राम यादवको स्मृति सभालाई सम्बोधन गदै उक्त कुरा बताएका हुन ।

गठबन्धन बनाएका छौ । गठबन्धन नभएको भए निरंकुश, तानाशाह जस्तो र आफूलाई श्री ५ जस्तो ठानेका ओलीलाई बालुवाटारबाट हटाउन नसकिने प्रचण्डले बताए ।
उनले भने ‘गठबन्धन नबनाएको भए केपी ओलीलाई बालुवाटारबाट हटाउन सम्भव थिएन । अहिलेपनि लोकतन्त्र, गणतन्त्र, संघीयतालाई जोगाउन लोकतन्त्र पक्षधरहरु एकठाउँमा उभिनुपर्ने छ ।’

केपी ओली झुट र धोकाका पर्यायनै भएको प्रचण्डले दाबी गरे । उनले भने ‘झुट बोल्न केपी ओली जत्तिको सिपालु मान्छे सायद नेपालमा अरु छैनन्। धोका चाँही आफूले दिने। धोकै धोकाको छ तिनको जीवन तर सजिलै अर्कोलाई धोकेवाज भन्छन् ।’

ओली बालुवाटारबाट बालकोट गएका त सबै ठाउँमा हारेर हो , तर हार्र्दा पनि सन्नाटा भएर बडो निराश भएर अब के गर्ने ? फेरि कसरी आउने होला ? भनेर सोच्दै जानु पर्नेमा पञ्चेबाजा बजाएर, धिमे बाजा बजाएर मानौं ठूलो जित हासिल गरेको जस्तो ।’