Swornakshar Logo

एमाले निकट कर्मचारी संगठन फुट्यो

काठमाडौं । एमाले पार्टी विभाजन भएको एक महिना नपुग्दै नेपाल निजामती कर्मचारी संगठन फुटेको छ । नेपाल निजामती कर्मचारी संगठन एमाले निकट हो । एमाले निकट निजामती कर्मचारी संगठनमा एक पक्षले अर्कोलाई कारबाही गरी आफुलाई आधिकारिक घोषणा गरेका छन् ।

नेकपा (एकीकृत समाजवादी) निकट कर्मचारी संगठनका नेताहरुले आइतबार पत्रकार सम्मेलन गरी एमाले निकट संगठनका अध्यक्ष केदार देवकोटा लगायतलाई कारबाही गरेको घोषणा गरेका छन् । आफ्नो पक्षका महासचिव रेवन्त गौतमलाई अध्यक्ष घोषणा गरेको छ ।

शनिबार दुवै पक्षले समानान्तर भेला गरेका छन् । दुवै पक्षले आफु बहुमत भएको दाबी गरेका छन् ।