Swornakshar Logo

मकवानपुरमा माओवादी केन्द्रका युवालाई जवर्जस्ती नेपाली कांग्रेसमा प्रवेश गराएको खुलासा

मकवानपुर । माओवादी केन्द्रका युवालाई जवर्जस्ती नेपाली कांग्रेसमा प्रवेश गराएको खुलेको छ । मकवानपुर जिल्लाको राक्सिराङ गाँउपालिका वडा नम्बर – ३ का युवाहरुलाई जवर्जस्ती नेपाली कांग्रेसमा प्रवेश गराएको भन्दै आपत्ति जनाएको छ । मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै युवाहरुले आपत्तिजनाएका छन् ।

भदौ २० गते स्वास्थ्य उपचारको लागि सामुदायिक स्वास्थ केन्द्र सरिखेतमा गएको बेला जर्वजस्ती कांग्रेसमा प्रवेश गराएको अरोप लगाएका छन् । भदौ २० गते नेपाली कांग्रेस राक्सिराङ –३ नम्बर वडाको अधिबेशनको समयमा गाउँपालिकाको ३ नम्बर वडाको केराबारीका ज्ञान बहादुर दोङ र हिरा लाल मोक्तानलाई बिना जानकारी जवर्जस्ती पार्टी प्रवेश गराएको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

आफ्नो नाम टिपेर लगेको तर के प्रयोजनका लागि भनेर आफुहरुलाई जानकारी नभएको र सोमबार बिहान नेपाली कांग्रेस राक्सिराङ गाँउपालिकाका सभापति बिरेन्द्र जिम्बाले सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गर्दा मात्र जानकारीमा आएको हिरालाल मोक्तानले बताए । आफुहरु कुनै पनि पार्टी प्रवेश नगरेको र माओवादी केन्द्रमै रहेको जानकारी दिए ।