Swornakshar Logo

उपाध्यक्ष सिंहले भनिन्– विनाश गर्ने एमसीसीलाई सार्वजनिक बहिष्कार गरौँ

कैलाली । अनेरास्ववियू (क्रान्तिकारी)की उपाध्यक्ष पञ्चा सिंहले एमसीसी देशको विनाश गर्ने बताएकी छन् । उनले एमसीसीले देशको विकास गर्ने नाममा विनाशको बाटो अंगाल्ने बताइन् । उनले देश विनाशको बाटो समात्ने एमसीसीलाई सार्वजनिक रुपमा बहिष्कार गर्न पनि आग्रह गरिन् ।

मंगलबार कैलालीमा क्रान्तिकारीको २०औं जिल्ला सम्मेलनमा एमसीसी तत्काल खारेज गर्न पनि माग गरिन् । उनले एमसीसी तत्काल खारेज नभए सर्वत्र आन्दोलन गर्ने चेतावनीसमेत दिइन् ।