Swornakshar Logo

अर्थमन्त्रीको गरिब मैत्री बजेटः निमुखालाई खाना, जनयुद्धमा बलिदान गर्ने र कोरोना पीडितलाई राहत

काठमाडौं । सरकारले गरिब तथा निमुखालाई लक्षित गरी बजेट ल्याएको छ । बजेट अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधिसभामा पेस गर्दै अर्थमन्त्री जनार्दश शर्मा प्रभाकरले गरिब तथा विपन्न परिवारलाई लक्षित गरी बजेट ल्याएका हुन् । अर्थमन्त्री शर्माले विपन्न नागरिकलाई काठमाडौंका १० स्थानबाट खाना खुवाउने घोषणा गरे । यस्तै उनले राजनीतिक आन्दोलनमा बलिदान गर्नेलाई मासिक तीन हजारका दरले भत्ता दिने पनि बताए ।

राजनीतिक परिवर्तनको आन्दोलनमा बलिदान गर्नेहरु जनयुद्ध, जनआन्दोलन लगायतमा ज्यान गुमाएकाको परिवारले मासिक भत्ता दिने भएको हो । भने सरकारले कोरोना महामारीका कारण रोजगारी तथा आजआर्जन गुमाएका गरीब तथा विपन्न परिवारलाई प्रति परिवार १० हजारका दरले नगद अनुदान दिने भएको छ । यो अनुदान भने स्थानीय तहबाट वितरण गरिने छ ।