Swornakshar Logo

एमसीसी उपाध्यक्ष फातिमालाई ओलीको जवाफः सत्ताधारी पक्षको धारणा प्रष्ट भएपछि धारणा बनाउछौं

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद ओली र एमसीसी उपाध्यक्ष फतिमा सुमारबीच भेटवार्ता भएको छ । बिहीबार नेपाल आएकी सुमारले सबै भन्दा पहिला ओालीलाई भेटेकि हुन । दुईबीचको भेटमा एमसीसीको बारेमा छलफल भएको र ओलीले अमेरिकी अनुदान सम्झौता एमसीसीबारे सत्ता पक्षको धारणा आएपछि मात्र आफ्नो पार्टीको धारणा बनाउने जवाफ दिएका छन् ।

सत्तारुढ दलहरुले एमसीसीबारे स्पष्ट धारणा बनाएपछि मात्र आफूहरुले पोजिसन क्लियर गर्ने ओलीले बताएको एमालेको विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिएका छन् ।

एमसीसी बारे हामीले हतारिएर पोजिसन नबनाउने । पहिले सत्ता गठबन्धनले के गरर्छन् त्यसपति मात्र आफ्नो धारणा तयार गर्ने बताएको जानकारी दिएका छन् ।

आफूहरु सरकारमा रहँदा पनि सभामुखसहितका केही व्यक्तिले एमसीसीलाई अघि बढ्न नदिएको बताउँदै ओलीले सत्तारुढ दलहरु र सरकारले अहिलेसम्म एमालेसँग यसबारे कुनै परामर्श नगरेको पनि उपाध्यक्ष सुमारसँग बताएका थिए ।

भेटमा एमसीसी उपाध्यक्षले अनुमोदनको प्रक्रिया बढाउनुपर्छ भन्ने अमेरिकी पोजिसन रहेको बताउँदै प्रक्रियामा सघाउन एमालेलाई आग्रह गरेकी थिइन् ।

सरकारबाट हटेपछि एमालेले एमसीसीबारे कुनै धारणा बनाएको छैन । सरकारमा रहँदा एमाको ओली खेमाले जसरी पनि एमसीसी पास हुनु पर्छ भन्दै आएको थियो । सरकारबाट हटेपछि भने देश र जनतको हितलाई हेरेर मात्र निर्णय गर्ने बताउन थालेको छ ।

बालकोट भेटमा एमसीसी उपाध्यक्ष सुमारसँगै नायव उपाध्यक्ष जोनाथन ब्रुक्स लगायतको एमसीसी प्रतिनिधिमण्डल सहभागि थियो । एमालेको तर्फबाट विदेश विदेश विभाग प्रमुख भट्टराई, नेता विष्णु रिमाल लगायत सहभागि थिए ।