Swornakshar Logo

एमसीसीबारे दलहरु अव के गर्छन ?

काठमाडौं । लामो समयदेखि विवादमा रहेको अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का बारेमा नेपालले सोधेका प्रश्नको जवाफ अमेरिकाले दिएको छ । बुधबार एमसीसीले नेपाल सरकारलाई जवाफ फर्काएको हो ।

अहिलेसम्म विभिन्न बाहानामा संसदमा पेस नभएको एमसीसी सम्झौताबारे नेपालका राजनीति दलहरु शुरुदेखि नै विभाजित छन् । अहिलेपनि राजनीति दलहरुको एमसीसीले पठाएको जवाफ चित्तबुझ्दो नभएको बताउन थालेका छन् । एमसीसीले पठाएको जवाफमा परिमार्जन अथवा संशोधनको कुनै गन्जायस नै देखाएको छैन । जुन कुरा सत्ता गठबन्धनलाई नै मन परेको छैन ।

नेकपा हुँदा वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा एमसीसी अध्ययन गरेर प्रतिवेदन पेश गर्न तीन सदस्यीय कार्यदल नै बनाएको थियो । नेकपा पुरानै दलमा ब्यँुतिएपछि अहिले दुई दल होइन तीन दल भएको छ । कार्यदलका नेतृत्वकर्ता खनाल नेकपा (एकीकृत समाजवादी) सदस्य भीम रावल र प्रदीप ज्ञवाली नेकपा एमालेमा छन् । नेकपाबाट ब्युतिएको माओवादी केन्द्र छ ।

सरकारमा हँुदा नेकपा र एमाले ब्यँुतिएपछि पनि खड्ग प्रसाद ओलीले एमसीसीको वकालत मात्र गरेनन् जस्ताको त्यस्तै पास गर्नुपर्छ भन्दै तत्कालीन सभामुख कृष्णबहादुर महरालाई दबाब दिदै आएका थिए । महरा सभामुखबाट हटेपछि सरकारले पठाएको एमसीसी संसदमा पेश नगरी दिएको भन्दै कडा आलोचना गरेका थिए ओलीले ।

एमाले द्धैध चरित्र

तर बुधबार बसेको एमालेको संसदीय दलको बैठकमा भने एमसीसीबारे ओलीको धारणा एकाएक परिवर्तन भएको छ । बैठकमा सांसदहरुले एमसीसीबारे दलको धारणा प्रष्ट हुनुपर्ने माग गरेका थिए । ओलीले एमसीसीबारे बुद्धिजिवी र दलहरुको मत पनि सुन्ने र डकुमेन्टहरु पनि अध्ययन गर्ने बताए । उनको भनाइ थियो ‘पास गर्ने जिम्मा पनि हाम्रो होइन, सम्झौता हामीले गरेको पनि होइन । प्रस्ताव आयो भने गम्भीरतापूर्वक छलफल गर्छौं र धारणा बनाउँछौं । एउटा कुरा स्पष्ट छ, देश र जनताको हित र कहिलेकाहिं आम जनताको एउटा धारणा हुन्छ, त्यसविरुद्ध हामी जाँदैनौं ।’ तर ओली प्रधानमन्त्री हुदा एमसीसीले देशको उर्जा र यातायातको विकासमा फड्को मार्ने भन्दै पास गर्नुपर्नेमा थिए । अहिले भने देश र जनताको हित र अध्ययन गर्ने भन्दै टार्देछन् ।

सरकार पहिला एमसीसी बारे प्रष्ट हुनुपर्‍यो । सरकारले यसलाई पास गर्छ कि गदैन उसले आफ्नो धारण प्रष्ट पारेपछि एमाले आफ्नो धारणा सार्वजनिक गर्ने प्रवक्ता प्रदीप ज्ञवाली भन्छन्, ‘एमसीसीबारे सरकारको धारणा के हो ? हामीले संस्थागत निर्णय गरेका छैनौ । संसदमा दर्ता गर्छ कि गदैन ? हेर्छौं। यस्तो गर्नुको कारण सत्तारुढ दलका धेरै नेताहरुले यसलाई गिजोल्ने काम गर्नुभयो । यो सहि छ कि गलत भनेर, उहाँहरुले जवाफ दिनुपर्छ । । यदि अहिले पास गर्ने हो भने किन पहिला गिजोल्नुभयो । होइन भने अहिले किन चाहियो ?’

कांग्रेस प्रष्ट

नेपाली कांग्रेस पहिला प्रमुख प्रतिपक्षमा भएपनि एमसीसीको बारेमा तत्कालीन प्रधानमन्त्री ओलीसंग मिलेका थिए । कांग्रेसले पहिला पनि संसदबाट पास गदै लागु गर्नुपर्छ भन्ने अडानमा थियो । अहिले त झन नेपाल सरकारले सोधेका अस्पष्ट कुराको प्रष्ट जवाफ दिएकाले संसदबाट पास गरेर लागु गर्नुपर्ने कांग्रेसले बताउको छ ।

एमसीसीबारे बजारमा जे जस्ता बहस भएका थिए । प्रश्न उठाएका थिए त्यसको जवाफ एमसीसीले दिएको छ । सरकारले के गर्छ हेर्नुपर्ने कांग्रेस सहमहामन्त्री प्रकाशशरण महत भन्छन्, ‘जहाँ सम्म जुन दबाब थियो ,जे आशंका थिए त्यसको निवारण भएको छ । एक एक प्रश्नको जवाफ एमसीसीबाट आएको छ । संविधान भन्दा माथि नभएको प्रष्ट पारी सकेको छ । उसले विश्वमा एक मापदण्ड र हाम्रो लागि अर्को मापदण्ड बनाउदैन । त्यहि भएर अब यसलाई रोक्नुपर्ने कुनै कारण छैन । पास भएर लागु हुनुपर्छ ।’

एमाले: चोखिने प्रयास, सत्तामा हुँदा पास गर्न खोज्ने, बिपक्षीमा मौन, कांग्रेस: नेताहरु पास गर्नुपर्ने पक्षमा, युवाहरु बिपक्षीमा, माओबादी केन्द्र: संसोधन हुनुपर्नेमा अडान
जसपा: अन्यौल । अन्य साना दलहरु: बिरोधमा । 

माओवादी केन्द्र, संशोधन हुनुपर्छ

नेकपा माओवादी केन्द्र अहिलेपनि एसीसीमा भएका केहि बुँदाहरु संशोधन गरेर मात्र पास हुनुपर्ने अडानमा यथावत रहेको छ । नेकपा हुँदा कार्यदलले दिएका सुझाव र त्यसमा हुनुपर्ने संशोधनका बारेमा स्पष्ट रहेको छ ।

राष्ट्रियताका विषयमा उठेका प्रश्नहरु छन् । जुन जस्तो त्यस्तै स्वीकार्न सकिंदैन् । जुन परिमार्जन हुनुपर्छ । यदि परिमार्जन भएन भने एमसीसी संसदमा पेश नै नहुने माओवादी केन्द्रका विदेश विभाग प्रमुख राम कार्की भन्छन् ‘हाम्रा सार्वभौतम सत्तामा कुनै असर नपर्नेगरी पास गर्ने भन्ने हो । तर अहिलेसम्म एमसीसीले परिमार्जन गर्ने देखिंदैन । अरुले भनेको मान्ने भए अमेरिका अमेरिका हुदैन थियो । भन्ने एक गर्ने एक भएर हो । त्यहि भएर अहिलेको अवस्थामा एमसीसी पास हुदैन ।’

एमसीसीका बारेमा लामो समयदेखि बहस छलफल गदै आएका माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा सचेतक देव गुरुङ पनि एमसीसी अहिलेको अवस्थामा पास हुन नसक्ने बताउँछन् । एमसीसीले पठाएको जवाफमा परिमाजर्न हुने कुनै छाँटकाट नदेखिएकाले एमसीसी पास नहुने गुरुङको दाबी गर्छन ।

एमसीसीले दिएको जवाफमा एमसीसी इन्डो–प्यासिफिक रणनीतिको हिस्सा नरहेको जवाफमा माओवादी केन्द्र अझै संशकित देखिन्छ । कार्की भन्छन् ‘अमेरिकाले भन्ने एउटा र गर्ने अर्को भएकाले विश्वास गर्न गर्न सकिदैन । अहिले नै एमसीसी पास गरी हाल्दैनौ ।’

नेकपा (एकीकृत समाजवादी)

नेकपा (एकीकृत समाजवादी)ले पार्टीले कुनै आधिकारीक निर्णय नगरेको बताउँछ । अहिले पार्टीले कुनै आधिकारीक धारण नबनाएको तर सरकार गठबन्धनको भएकाले आफूहरु पनि गठबन्धनको निर्णय मान्ने एसका नेता विरोध खतिवडा बताउछन् ।

उनले भने ‘एमसीसीको जवाफ आएपछि हाम्रो पार्टीले कुनै ठोस निर्णय गरेको छैन । तर सत्ता गठबन्धनको बैठक बसेर निर्णय गर्ने र जे निर्णय सर्वसम्मत भयो त्यहि मान्ने छौ ।’

जसपा अनिर्णयको बन्दी

जसपाले एमसीसीबारे कुनै आधिकारी धारण नबनाएको प्रवक्त डम्मर खतिवडा बताउँछन् ।