Swornakshar Logo

काँग्रेस महाधिवेशन स्थगनको मागसहित परेको रिट खारेज

काठमाडौं । सर्वोच्च अदालतले कांग्रेसको १४औं महाधिवेशन रोक्न माग गर्दै दायर गरिएको रिट खारेज गरेको छ । बागमती प्रदेश सभाका कांग्रेस सांसद नराेत्तम वैद्यले महाधिवेशन रोक्न माग गर्दै रिट दायर गरेका थिए ।

बिहीबार सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले रिट खारेज गरेको हो । कोरोना महामारीका कारण अहिलेकै अवस्थामा महाधिवेशन गर्न असम्भव भएका भन्दै रिट दायर गरेका थिए । कांग्रेसको वडा तहको महाधिवेशन भने भैसकेको छ ।