Swornakshar Logo

दुईटा प्रदेशमा एमाले भन्दा ठूलो नेकपा एस

काठमाडौं । नेकपा एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) पार्टी बनेपछि प्रदेशमा यसको प्रभाव राम्रो देखिएको छ । एकीकृत समाजवादीले दुइटा प्रदेशमा सांसद संख्याको आधारमा एमालेलाई उछिनेको छ । निर्वाचन आयोगले भदौ ९ गते दलको प्रमाणपत्र दिएपछि यो दलले राष्ट्रिय पार्टीको मान्यता पाएको थियो ।

आयोगले दल दर्ताको प्रमाणपत्र दिएसंगै प्रदेश सभा र स्थानीय जनप्रतिनिधिहरुलाई पनि दल रोज्न आज २२ गतेसम्मको समय दिएको थियो । जुन समय आज मंगलबार ५ बजे साँझ सकिएको छ ।
२२ गतेसम्म प्रदेश सभाका सांसदहरुले सनाखत गर्ने समय थियो । नेकपा एस रोज्नेमा १ नं।प्रदेशमा १० जना सांसद रहेका छन् ।

प्रदेश नं१
एमाले त्यागेर नेकपा एस रोज्ने सांसदहरु

१. राजेन्द्र राई
२.राजन राई
३. पदमकुमारी गुरुङ
४. सरिता थापा
५. सुनिता चौधरी
६. उपेन्द्र घिमिरे
७. कृष्णकुमारी राई
८. गणेश काङवाङ
९. खिनु लङ्वा लिम्बु
१०. सावित्री रेग्मी

प्रदेश नं. २

प्रदेश नं. २ मा भने १ नं. प्रदेशको भन्दा बढी प्रदेश सभा सांसदहरुले नेकपा एस रोजेका छन् । जुन नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको प्रदेश पनि हो । यो प्रदेशमा प्रदेश सभाका १३ जना सांसदले नेकपा एसको पक्षमा सनाखत गरेका छन् ।
सनाखत गर्नेहरूमा

१.सत्रुध्न महतो,
२.मञ्जु यादव,
३.चन्द्र सेन प्रसाद श्रीवास्तव,
४. डिल्ली उप्रेती
५.गोविन्द न्यौपाने,
६. बेची लुंगेली,
७.रविन्द्र बैठा,
८.हसिमा खातुन,
९.अशोक यादव
१०.प्रमोद यादव
११.नागेन्द्र यादव
१२.सुन्दर विश्वकर्मा
१३.सिता गुरुङ

बागमती प्रदेश

बागमती प्रदेशमा पनि एमाले त्यागेर नेकपा एसमा सनाखत गर्ने प्रदेश सांसदहरु रहेका छन् । माधव कुमारनेपालको सल्लाहमा मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यले भने एमालेमा नै बस्ने भएकी छिन् । अब उनको सरकार अल्पमतमा परेको छ । तर उनले सबैलाई मिलाएर लैजाने भन्दै सहयोग गर्न प्रतिपक्षहरुलाई अनुरोध गरिरहेकी छिन् । तर प्रतिपक्षले छिटै नयाँ सरकार बनाउने तयारी पनि गरेको छ ।
बागमती प्रदेशमा पनि १३ जना प्रदेश सांसदले नेकपा एसको पक्षमा सनाखत गरेका छन् ।

१.राजेन्द्र पाण्डे
२.राजेन्द्रमान श्रेष्ठ
३. लक्ष्मण लम्साल
४. बसुन्धरा हुमागाईं
५. रमा आले मगर
६. वसन्त मानन्धर
७. कुसुम कार्की
८. पार्वती सिलवाल
९. इन्द्रमाया गुरुङ
१०. मुनु सिग्देल
११. माधव पौडेल
१२. कृष्ण खनालले
१३.मीना ज्ञवाली

गण्डकी प्रदेशमा नेकपा एसमा कोहि पनि प्रदेश सभाका सांसदले रोजेका छैनन् । नेकपा एसको शुन्य प्रदेशसभा सांसद भएको गण्डकी प्रदेश भएको छ ।

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेश सभाबाट नेकपा एस रोज्नेमा एक जना सांसद रहेकी छिन् । प्रदेश सभा सांसद रमा घर्तीले नेकपा एस रोजेकी छिन् । उनी समानुपातिक सांसद हुन । उनी पहिलादेखि नै नेपाल पक्षमा लागेकी थिइन । अन्तिममा पनि नेकपा एस नै रोजेकी छिन् ।

कणाली प्रदेश

एमाले छोडेर नेकपा एस रोज्नेमा कर्णाली प्रदेशसभामा अहिले तीन जना मात्र भएका छन् । केहि दिन पहिला निर्वाचन आयोगमा सनाखत गरेर तीन जना प्रदेश सांसदले नेकपा एस रोजेका छन् । जब कि ४ जना एमालेका सांसदले फ्लोरक्रस गरेपछि कारवाहीमा परेका थिए ।

चार जनामा तीन जना अहिलेपनि मन्त्री छन् । नेकपा समाजवादी रोज्नेले बुधबार नै निर्वाचन आयोगको कार्यालयमा पुगेर नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका थिए ।

१. देवी ओली ९रुकुमपश्चिम०
२. चन्द्रबहादुर शाही
३. पदमबहादुर रोकाया

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेश सभाका १४ जना प्रदेश सभा सांसदहरुले नेकपा एसको पक्षमा सनाखत गरेका छन् । १४ जनाको नेकपा एसको पक्षमा सनाखत भएपछि सबै भन्दा ठूलो दल बनेको छ ।
एमालेका २५ जना प्रदेशसभा सदस्यमध्ये १४ जनाले नेकपा एसको पक्षमा सनाखत गरेका छन् ।

१ .पूर्णा जोशी
२. लालबहादुर खड्का
३. चुनकुमारी चौधरी
४. मनाकुमारी साउद
५. दुर्गाकुमारी कामी
६. माया भट्ट
७.सुशीला बुढाथोकी
८. कुलवीर चौधरी
९. अमर साउँद
१०. बलबहादुर सोडारीले
११. तारालामा तामाङ
१२. दीर्घ सोडारी
१३. प्रकाश रावल
१४. माया बोहरा तामाङ

संघीय संसदमा एमालेका ३० जनाले नेकपा एसमा सनाखत गरेका छन् । एमालेलाई प्रदेशसभामा सबैभन्दा बढी क्षति सुदूरपश्चिम प्रदेश र प्रदेश नं।२ मा भएको छ । नेकपा एसको गण्डकी प्रदेश सभामा कोहि पनि सांसद छैनन् । लुम्बिनीमा एकजनाले नेकपा एस रोजे । जे भएपनि प्रदेशहरुमा नयाँ बनेको एकीकृत समाजबादीको राम्रो स्थान हुने भएको छ ।