Swornakshar Logo

सुदूरपश्चिम प्रदेश: एमाले भन्दा ठूलो दल बन्यो एकीकृत समाजवादी

काठमाडौं । सुदूरपश्चिम प्रदेशसभामा नेकपा एमाले भन्दा नेकपा एकीकृत समाजवादीमा ठूलो दल बनेको छ । आइतबार प्रदेश सरकारका भौतिक योजना मन्त्री दीर्घ सोडारी, सांसद तारा लामा तामाङ र प्रकाश रावलले पनि नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका छन् । आइतबार उनीहरु निर्वाचन आयोगको प्रदेश कार्यालय धनगढीमा पुगेर सनाखत गराएका छन् ।

राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार एमाले विभाजन भएपछि निर्वाचन आयोगले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई भदौ २२ सम्म दल रोज्न पाउने समय दिएको छ । दल रोज्दा निर्वाचन आयोगमा गएर सनाखत गर्नु पर्ने हुन्छ । सुदूरपश्चिम प्रदेशसभामा रहेका एमालेका १० सांसदले यसअघि नै नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरीसकेका छन् ।

जसमा पूर्णा जोशी, लालबहादुर खड्का, बलबहादुर सोडारी, अमरबहादुर साउन, चुनकुमारी चौधरी, कुलवीर चौधरी, सुशीला बुढाथोकी, दुर्गा कामी र माया भट्ट रहेका छन् । आइतबारबाट नेकपा एकीकृत समाजवादीमा सुदूरपश्चिम प्रदेशसभामा १३ सांसद भएका छन् भने अब एमालेमा १२ सांसदमात्र छन् ।