Swornakshar Logo

वामदेवलाई ओलीको कटाक्षः उता उपप्रधानमन्त्री हुन पाउँ भने भइहाल्छ नि, मलाई नै किन गाली गर्ने ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामदेव गौतम उपप्रधानमन्त्री खानका लागि आफ्नो विरोध गर्दै हिँडेको उल्लेख गरे । राजधानीमा भएको एक कार्यक्रममा बोल्दै ओलीले गौतमलाई एमाले छोडेर अर्को पार्टीबाट उपप्रधानमन्त्री हुन गएको आरोप लगाए ।

उनले भने, ‘अहिले कस्तो भएको छ भने कसैलाई उम्मेदवार हुन मन छ भने कस्तो ब्यहोराको निवेदन हाल्छ भने तपाई केपी शर्मा ओली एकदमै तानाशाही हुनुभयो, पार्टीले भन्या मान्नुभएन, तपाई केपी शर्मा ओलीले हामीलाई सम्मान गर्नुभएन, तपाई केपी शर्मा ओलीले विकास मात्रै गर्नुभयो ? तपाई केपी शर्मा ओलीले खाली के जाती गरेँ, त्यसकारण तपाईंको पार्टी छोडेँ । उता उपप्रधानमन्त्री हुन पाउँ भने हुन्छ नि केपी शर्मा ओलीलाई किन गाली गर्ने ?’

उनले निवेदनमा एउटा कुरा र निवेदनको ब्यहोरा भने अर्कै रहेको उल्लेख गरे । उनले एउटालाई रिझाउन अर्कोलाई गाली गरिएको बताए ।