Swornakshar Logo

हाम्रा घरका बिरालाहरू देउवाको भान्सामा दूधभात खान पुगेः ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल र उनले नेतृत्व गरेको नेकपा (एकीकृत समाजवादी) पार्टीका नेतालाई बिरालाहरु जमात बताएका छन् । राजधानीमा भएको एक कार्यक्रममा सम्बोधन गदै ओलीले पार्टी फुटाएर नयाँ पार्टी बनाएका माधव नेपाल पक्षप्रति ब्यङग्य गदै माधव नेपालले नेकपा एस पार्टी बनाएको नभई काँग्रेस र देउवाका लागि ‘यस’ पार्टी बनाएको आरोप लगाए ।

नेपालहरुलाई सरकारमा जान तयार भएकाले देउवाको भान्छामा दूध भात खान गएका बिरालाहरूको संज्ञा दिए । उनले भने–‘अहिले हाम्रो घरका बिरालाहरू शेरबहादुर देउवाको भान्सामा पुगेका छन् । दूध र भात खान पाइन्छ भन्दै म्याउ गर्दै ढुक्नलाई पुगेका छन् ।’

उनले आगामी निर्वाचनमा पार्टीले जनप्रतिनिधि हुन लायकलाई मात्रै उम्मेदवार तोक्ने उल्लेख गरे । उनले काठमाडौँ महागरपालिकामा एमालेबाहेक अरू मेयर भन्नै नसुहाउने उल्लेख गरे । सक्षम नेतृत्व एमालेबाहेक अरू कसैको हुन नसक्ने उनको दाबी थियो ।