Swornakshar Logo

टे«ड युनियन महासंघ हेटौंडाको अध्यक्षमा खतिवडा

हेटौंडा । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल ट्रेड युनियन महासंघ हेटौंडा उपमहानगर कमिटिको अध्यक्षमा ठाकुरदत्त खतिवडा चयन भएका छन् ।
शनिबार हेटौंडामा भएको भेलाले खतिवडालाई अध्यक्षमा चयन गरेको हो । अध्यक्ष खतिवडाको नेतृत्वमा २१ सदस्यीय उपमहानगरपालिका कमिटी गठन गरेको हो । कमिटिको उपाध्यक्षमा बलराम पौडेल, सचिव लक्ष्मण छतकुली, सह–सचिव नकुल अगस्ती, कोषाध्यक्ष केदार खड्का, सदस्यहरुमा सागर चौलागाई, बद्रि लोप्चन, सरोज पौडेल लगायत चयन भएका छन् ।

नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटि सदस्य ललित घलानको प्रमुख आतिथ्यतामा भएको भेलामा जिल्ला सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख कमानसिं पाख्रिन ९पृथक०, अखिल नेपाल ट्रेड युनियन महासंघ मकवानपुरका अध्यक्ष गंगा भट्टराई, उपाध्यक्ष रामशरण घिमेरे, औद्योगिक मजदुर संघका अध्यक्ष ज्ञानेन्द्र लामिछाने, अखिल नेपाल सेक्युरिटी संघ मकवानपुरका अध्यक्ष रबीन्द्र केसी, निर्माण मजदुर संघ मकवानपुरका अध्यक्ष मन कुमार लो लगायतको आतिथ्यता रहेको थियो ।