Swornakshar Logo

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले पार्टी फेर्ने कि सत्ताच्यूत हुने ?

काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यका सामु दुई विकल्प आइ पुगेका छन् । उनले पहिलो विकल्प अनुसार मुख्यमन्त्री पद कायम राख्न नेकपा एमाले त्याग्नु पर्ने छ भने दोस्रो विकल्पमा एमाले रोज्ने हो भने मुख्यमन्त्री पदबाट च्युत हुनु पर्ने अवस्था आइलागेको छ ।

१२ जना प्रदेश सांसदहरुले एमाले छाडेर नेकपा (एकीकृत समाजवादी) रोजेपछि शाक्य स्वत अल्पमतमा परेकी हुन्। प्रदेश सभामा अहिले कुल सांसद संख्या १०९ रहेको छ । प्रदेशमा एमालेका ५६ जना सांसद थिए जसमध्ये १२ जना सांसदले एकीकृत समाजवादी रोजेका छन् । उनीहरुले एकीकृत समाजवादी रोजेसंगै एमालेको एकल बहुमतको सरकार एकाएक अल्पमतमा पुगेको छ । प्रदेश सभामा मुख्यमन्त्री बन्नका लागि ५५ जना नै सांसदको आवश्यकता पर्छ । तर शाक्य एमाले रोजेको खण्डमा उनको पक्षमा ४४ जना भन्दा कम सांसद हुने छन् ।

यसरी सनाखत गर्नेमा राजेन्द्र पाण्डे, मुनु सिग्देल, बसुन्धरा हुमागाईं, लक्ष्मण लम्साल, राजेन्द्रमान श्रेष्ठ, पार्वती सिलवाल, इन्द्रमाया गुरुङ, माधव पौडेल, बसन्त मानन्धर, रमा आले मगर , कृष्णप्रसाद खनाल र कुसुमकुमार कार्की रहेका छन् । अझै केही सांसद थपिने क्रममै रहेको एकीकृत समाजवादीका नेताहरूको दाबी छ ।

बागमति प्रदेश सभामा ११ जनाले मंगलबार एकीकृत समाजवादी रोजसंगै मुख्यमन्त्री बनेकी एमालेकी शाक्य अल्पमतमा परेकी छन् । प्रदेशमा २ जना सांसद मात्रै एकीकृत समाजवादीको पक्षमा खुल्ने वित्तिकै प्रदेश सकार अल्पमतमा पर्थ्यो ।