Swornakshar Logo

सहीद परिवारलाई सम्झँदै माओवादी, तक्मा केसी आइओएमको सहायक डिनमा नियुक्त

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको नर्सिङ क्याम्पसको सहायक डिनमा तक्मा केसी नियुक्त भएकी छन् । उनी माओवादी जनयुद्धका बेलामा प्रहरी हत्या गरेका कृष्णसेन इच्छुककी श्रीमति हुन् ।
केसी माओवादी केन्द्रको तर्फबाट सहायक डिनमा नियुक्त भएकी हुन् । साहित्यकार इच्छुकलाई ०५९ जेठमा गिरफ्तार गरी महेन्द्र पुलिस क्लब पु¥याइएको थियो र प्रहरीको निर्मम यातनाका कारण उनको हिरासतमै मृत्यु भएको थियो ।

इच्छुक र तक्माको ०४८ सालमा बिहे भएको थियो । त्यतिबेला तक्मा भने नर्सिङमा स्नातक सकेर नेपालगञ्जमा पढाइरहेकी थिइन्। उनी नेपाल राष्ट्रिय प्राध्यापक संगठनको संस्थापक उपाध्यक्ष तथा शिक्षण अस्पतालमा कार्यरत प्राध्यापक हुन् ।