Swornakshar Logo

बागमति प्रदेशमा एकीकृत समाजवादीमा ११ सांसद खुले

मुख्यमन्त्री शाक्यले पार्टी फेर्ने कि सत्ताच्यूत हुने ?

काठमाडौं । बागमती प्रदेशका ११ जना सांसदले नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् । निर्वाचन आयोगले प्रदेश सभा र स्थानीय जनप्रतिनिधिहरुलाई २२ गते भदौसम्म एमाले र एकीकृत साजवादी रोन्नु पर्ने बताएको छ ।

मंगलबार औपचारिकरुपमा बागमती प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौंडामा उपस्थित भएर एकीकृत समाजवादीमा रहने भन्दै सनाखत गरेका हुन् । यसरी सनाखत गर्नेमा राजेन्द्र पाण्डे, मुनु सिग्देल, बसुन्धरा हुमागाईं, लक्ष्मण लम्साल, राजेन्द्रमान श्रेष्ठ, पार्वती सिलवाल, इन्द्रमाया गुरुङ, माधव पौडेल, बसन्त मानन्धर, रमा आले मगर र कुसुमकुमार कार्की रहेका छन् । अझै केही सांसद थपिने क्रममै रहेको एकीकृत समाजवादीका नेताहरूको दाबी छ ।

बागमति प्रदेश सभामा ११ जनाले मंगलबार एकीकृत समाजवादी रोजसंगै मुख्यमन्त्री बनेकी एमालेकी अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् । प्रदेशमा २ जना सांसद मात्रै एकीकृत समाजवादीको पक्षमा खुल्ने वित्तिकै प्रदेश सकार अल्पमतमा पथ्र्यो तर अहिले ११ जनाले नवगठित पार्टीको पक्षमा उभिएका छन् ।