Swornakshar Logo

माओवादी केन्द्रको भीमफेदी ३ वडा अध्यक्षमा थिङ

हेटौंडा । नेकपा (माओवादी केन्द्र) को भीमफेदी गाउँपालिका–३ झल्कनेमा पार्टी वडा भेला सम्पन्न भएको छ । वडा भेलाबाट अर्जुन थिङ अध्यक्ष चयन भएका छन् ।

माओवादी केन्द्रकी पार्टी केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा वडा भेला भएको हो ।

भेलाबाट अध्यक्षमा अर्जुन थिङ सहित २९ सदस्यीय कार्य समिति चयन भएको नेकपा माओवादी केन्द्र मकवानपुरका सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख कमान सिं पाख्रिन (पृथक) ले जानकारी दिए ।

वडा सचिवमा सानुकान्छा मगर, सदस्यहरुमा नागेन्द्र लामा, नानुमाया सुनार, दिपक थिङ, पुजा आले, संजिव गोङबा, कृष्णमाया तामाङ, मास्टर कालिकोटे, आइमान स्याङतान लगायत रहेका छन् ।

भेलामा पार्टी जिल्ला सचिवालय सदस्य तथा भीमफेदी गाउँपालिका इन्चार्ज बद्रि स्याङ्तान, जिल्ला सदस्यहरु प्रिती लाल लामा, रन्जित राना मगर, मदन बर्तौला, भीमफेदी गाउँपालिका पार्टी कमिटी अध्यक्ष दीपक गोले लगायतको आतिथ्यता रहेको थियो ।