Swornakshar Logo

दिल्लीमा उपचारपछि स्वदेश फर्किए झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल भारतको राजधानी दिल्ली उपचार गरेपछि आज स्वदेश फर्किएका छन् । ९ गते एमालेबाट भिवाजन भएर दलको मान्यता पाएको एस पार्टीको खनाल बरिष्ठ नेता हुन । उनलाई पार्टी अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् ।

नेता खनालले दिल्लीको पोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका हुन् । खनाल दिल्लीमा उपचाररत छँदा नेपालमा एमाले विभाजित भएको थियो । एमाले विभाजन भएपछि उनी नयाँ बनेको पार्टी नेकपा (एकीकृत समाजवादी)का पक्षमा लागेका छन् । उनले भारतबाटै दल दर्ता प्रक्रियाको लागि सनाखत गरेका थिए ।


दिल्ली जाने दिन उनको नाममा पार्टी एकता गर्न भन्दै विज्ञप्ती निकाल्द विवाद भएको थियो । उनले भारतबाट नै शेरबहादुर देउवालाई विश्वासको मत दिन पनि विज्ञप्ती जारी गरेका थिए ।


५पृुसमा एमाले अध्यक्ष केपी ओलीले संसद विघटन गरेपछि खनाल उनको विरुद्धमा उभिएका थिए । दोस्रो पुस्ताका नेताहरु ओली पक्षमा लाग्दा पनि खनाल भने नयाँ पार्टीमा नै बसेका छन् ।


जब कि पार्टी विभाजन रोक्नु प¥यो भनेर उनलाई भेट्न सुरेन्द्र पाण्डे र भीम आचार्य केहि दिन पहिला दिल्ली पुगेका थिए । तर खनालले मानेन् । उनी ओलीको असंवैधानिक कदमका विरुद्ध उभिए र नयाँ पार्टीमा सामेल भए ।