Swornakshar Logo

माधव कामरेडले पनिझेली कुरा गर्न सिक्नुभएछः प्रदीप नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पनि झेली कुरा गरेको नेता प्रदीप नेपालले बताएका छन् । उनले सामाजिक सञ्जाल फेसकुकमा स्टाटस लेख्दै अध्यक्ष नेपालले झेली कुरा गरेकाले धोका दिएको बताएका छन् ।
स्टाटसमा लेखेका छन् ‘माधव कमरेड, म केपीसँग जान्न किनभने तानाशाही प्रवृत्तिको म सधैं विरोधी हुँ । तपाईंले पनि झेली कुरा गर्न सिक्नुभएछ । बारम्बारको कुराकानीमा मैले जबज हुँदैन भने मेरो नाम नलेख्नुस् भनेको थिएँ । तर आखिरमा तपाईंबाट पनि मैले धोकाकै उपहार लिएर जानुपर्ने भो । विदा ।’
पछिल्लो समयमा नेपालले एमाले विभाजन गरेर नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गरेका थिए । निर्वाचन आयोगमा सनाखत गर्न पुगेका प्रदिप नेपालले अहिले अध्यक्ष नेपालले झेली गरेर धोकाको उपहार पाएको बताएका छन् ।
उनले सस पार्टीमा जनताको बहुदलीय जनवाद भएमात्र लाग्ने प्रतिबद्धता गराएको र त्यहि हुने बताएपनि अहिले आएर जबज छोडेकाले आफुले पनि एकीकृत समाजवादी छोड्ने आसय व्यक्त गरेका छन् ।