Swornakshar Logo

मन्त्री छान्ने जिम्मा नेपाललाई

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले संसदीय दलको नेतामा माधवकुमार नेपाललाई सरकारमा सहभागी हुने मन्त्री छान्ने जिम्मा दिएको छ । नेपाललाई सरकारमा जाने मन्त्रीदेखि विभिन्न निर्णयको अधिकारसहितको जिम्मेवारी दिएको छ ।
आइतबार बसेको संसदीय दलको बैठकले मन्त्री छान्नेदेखि विभिन्न राजनैतिक नियुक्ति र निर्णयहरु गर्न सक्ने गरी अधिकार दिएको सांसद विरोध खतिवडाले बताए ।

संसदीय दलको विधान मस्यौदा गर्ने जिम्मा पाँच जनालाई लगाइएको खतिवडाले बताए ।