Swornakshar Logo

एमाले अध्यादेश र निर्वाचन आयोगविरुद्ध अदालत जाने

काठमाडौं । नेकपा एमाले निर्वाचन आयोग र राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न ल्याइएको अध्यादेशविरुद्ध सर्वोच्च अदालत जाने भएको छ । बिहीबार बसेको केन्द्रीय कमिटी बैठकबाट उक्त निर्णय गरेको सचिव प्रदिप ज्ञवालीले बताए ।

एमालेले निष्कासन गरिसकेका व्यक्तिलाई निर्वाचन आयोगले नयाँ दल दर्ताका लागि सनाखतमा समावेश गराएको भन्दै आयोगको उक्त निर्णयविरुद्ध अदालत जाने ज्ञवालीले बताए ।

एमालेले नेकपा (एकीकृत समाजवादी) पार्टीमा सामेल भएका नेताहरुलाई निष्कासन गरी निर्वाचन आयोगलाई जानकारी दिने पनि निर्णय गरेको छ। तर कसैले भुल सुधार गरेर फर्केर आए ढोका ज्ञवालीले बताए ।

एमालेको केन्द्रीय कमिटी बैठकमा सभामुख अग्नि सापकोटाको भुमिका पनि निष्पक्ष नभएको र त्यसका बारेमा पनि संसदीय अभ्यास अनुसार प्रतिवाद गर्ने तयारी भएको छ ।

सभामुखले कारबाही नगरेको पनि यथोचित र संसदीय अभ्यासअनुसार प्रतिवाद गर्ने ज्ञवालीले बताए । उनले भने ‘सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशमा संविधानले परिकल्पना नै नगरेको स्थानीय तहका पदाधिकारीले नयाँ दल रोज्न पाउने गरी व्यवस्था गर्नु ठिक नभएकाले कानुनी उपचार खोज्ने छौं।’