Swornakshar Logo

ठाकुरपक्षका नेताहरु निर्वाचन आयोगमा

काठमाडौं । नयाँ पार्टी दर्ता गर्नको लागि सनाखत गर्न लोकतान्त्रिक समाजवादीका नेता महन्थ ठाकुर सहितका नेताहरु निर्वाचन आयोगमा पुगेका छन् । जनता समाजवादी पार्टी विभाजन भएपछि ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी गठन गरेका भएको छ । उक्त पार्टी सनाखतको लागि आयोगले बुधबार बोलाएको थियो ।

नयाँ अध्यादेश जारी भएपछि ठाकुरपक्षले जसपालाई विभाजन गर्दै लोसपा गठनका लागि निवेदन दिएका थिए।
नयाँ पार्टी गठनसँगै आफ्नो लक्ष्य अगाडि बढाउन आफूहरुलाई सहज भएको सो वरिष्ठ नेता राजेन्द्र महतो बताए। उनले आफ्नो पार्टीले आजै कानुनी मान्यता पाउने बताए।
तत्कालीन जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिका १७ जना आफ्नो पक्षमा रहेको लोकतान्त्रिक समाजवादीको भनाइ छ । उनले संघीय संसद्का ३७ मध्ये १५ जना आफ्नो पक्षमा रहेका उनले बताए। त्यसमध्ये १ जना रेशम चौधरीको सनाखत हुँदैन। उनी जेलमा छन् । बाँकी १४ जनाको मात्रै हुन्छ, उनले भने।