Swornakshar Logo

आफूले भनेको हुनुपर्छ भन्दै कहिले सभामुखकोमा त कहिले निर्वाचन आयोग धाउदै एमाले

काठमाडौं । नेकपा एमालेले नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गर्दा १४ जना नेताको सनाखत नगर्न निर्वाचन आयोगलाई दबाब दिएको छ। मंगलबार निर्वाचन आयोग पुगेर एमालेका नेताहरुले माधव नेपालसहित १४ नेतालाई सनाखतमा समावेश नगराउन ध्यानाकर्षण गराएका हुन्। एमालेलाई ती १४ जना सांसदलाई १ भदौमा काराबाही गरेको पत्र संसद सचिवालयमा बुझाएको छ ।

संसद सचिवालयमा बुझाएको कारबाहीको पत्र सभामुखले छिटो टाँस गरी दिनु पर्छ भन्दै दुईं दिन सभामुखको कार्यकक्षमा धर्ना दिन पुगेका थिए एमाले सांसदहरु । उनीहरुले सभामुखलाई धम्काएको भन्दै गठबन्धनले विज्ञप्ती निकाले विरोध जनाएका थिए ।
अहिले एमालेका नेताहरुको काम कहिले सभामुखको कार्यकक्षमा धर्ना दिने र कहिले निर्वाचन आयोग गएर १४ जनाको हस्ताक्षर सनाखतमा समावेश नगराउनु भन्दै हिडिरहेका छन् । जब कि कानूनी रुपमा नै १५ दिन सम्म सभामुखले कुनै दलले आफ्ना सांसदहरुलाई कारबाही गरे अध्ययन अनुसन्धान गर्न पाउने ब्यवस्था छ । तर एमालेहरु भने आजको भोली त्यो पनि उनीहरुले भने झै हुनु पर्छ भन्दै कहिले सभामुख त कहिले निर्वाचन आयोगलाई दबाब दिन पुग्ने गरेका छन् ।

मंगलबार पनि त्यसैको निरन्तरता स्वरुप एमाले निर्वाचन विभाग प्रमुख अग्नी खरेल, निर्वाचन कमिटि सचिव बाबुराम दाहालसहितको टोली निर्वाचन आयोग पुगेर बुधबार हुने नेकपा एकीकृत समाजवादीको सनाखतमा पार्टीले कारबाही गरेका १४ जनाको हस्ताक्षर गैरकानूनी हुने भनि सचेत गराउन पुगेका छन् ।

एमालेका दाबी रहेको छ कि माधव नेपालसहितका १४ जना नेतालाई कारबाही गरेका कारण सनाखत गर्न नमिल्ने छ । तर अहिलेसम्म सभामुखले उनीहरुलाई एमालेले कारबाही गरेको सूचना टाँसेको छैन ।

निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादीलाई सनाखतका लागि बुधबार बिहान ११ देखि दिउँसो २ बजेको समय तोकेको छ। आयोगले सनाखतका लागि सशरीर उपस्थित हुन भनेको छ। नेकपा एकीकृत समाजवादीका नेताहरु भने काठमाडौंको चन्द्रागिरिस्थित रिसोर्टमा बैठक बसीरहेका छन् ।