Swornakshar Logo

एमाले स्थायी कमिटीमा सहभागी भए मध्यमार्गी १० जना नेताहरु

काठमाडौं । नेकपा एमालेका मध्यमार्गी १० जना स्थायी कमिटी सदस्यहरु ओलीले बोलाएको स्थायी कमिटीमा सहभागी भएका छन् । उनीहरु फागुन २३ गते एमाले ब्युतिएपछि पहिलो पटक ओलीको अध्यक्षतामा बस्ने बैठकमा सहभागी भएका हुन । यो समय भनेको झण्डै ६ महिना हो ।

एमाले ब्युतिएपछि पनि माधवकुमार नेपाल पक्षमा रहेका यी नेताहरु सोमबारबाट भने ओली तर्फ मिल्न आएका छन् । स्थायी कमिटी बैठक तुलसीलाल स्मृति प्रतिष्ठानको कार्यालय च्यासलमा सुरु भएको छ । बैठकमा सहभागी हुन उपाध्यक्ष भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुसाल, सचिव योगेश भट्टराई, गोकर्ण विष्ट र भीम आचार्य, स्थायी कमिटी सदस्यद्वय सुरेन्द्र पाण्डे र रघुजी पन्त र आमन्त्रित सदस्य एवं अनुशासन आयोगका प्रमुख अमृतकुमार बोहरा रहेका छन् ।

ओलीको कडा आलोचक रहेको यो टिमले ओली सुध्रीएका हुन अथवा आफुहरु जसरी पनि ओलीको पक्षमा लागेका हुन केहि बताएका छैनन् । जब कि २७ असारमा भएको १० बुँदे प्रस्ताव लागु गर्नु पर्ने माग रहेको बताएका छन् । जब कि नेपालले उक्त प्रस्ताव आफूहरुले कहिल्यैपनि नस्वीकारेको बताएका छन् ।