Swornakshar Logo

भदौ मसान्तसम्म माओवादी केन्द्रले सदस्यता नविकरण र बितरण गर्ने गरिसक्ने

हेटौंडा । नेकपा माओवादी केन्द्र मकवानपुरको जिल्ला सचिवालय समितिको बैठक सोमबार हेटौंडामा बसेको छ ।
सचिवालयको बैठकले यही भदौ मसान्तसम्म पार्टी सदस्यता नविकरण र बितरण गरिसक्ने निर्णय गरेको छ । साथै उक्त अवधि भित्र पार्टीका सेल कमिटिहरु निर्माण, भेला तथा बैठक गरिसक्ने निर्णय गरेको नेकपा माओवादी केन्द्र मकवानपुरका सचिवालय सदस्य तथा प्रचार बिभाग प्रमुख कमानसिं पाख्रिनले बताए ।

बैठकले आउँदो असोज दश गतेभित्र जिल्लाको एकसय दुईवटै वडाको भेला,सम्मेलन सक्ने निर्णय भएको उनले जानकारी दिए । किसान, महिला, युवा, जनस्वास्थ्य, दलित,कर्मचारी,विद्यार्थी, शिक्षक, पूर्व जनमुक्ति सेना लगायत जनवर्गीय संगठनहरुको भेला, बैठक र सम्मेलनहरु भदौ मसान्तभित्र सम्पन्न गर्ने निर्णय भएको पाख्रिनले बताए ।

पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कुमारी मोक्तानको प्रमुख आतिथ्यता तथा पार्टी जिल्ला अध्यक्ष प्रेम बहादुर पुलामीको अध्यक्षतामा बैठक बसेको हो ।