Swornakshar Logo

एमाले फुटाएपछि माधव नेपालले भेटे राष्ट्रपतिलाई

काठमाडौ । नेकपा एमाले फुटाएका माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीसंग भेटवार्ता गरेका छन् । सर्वाजनिक विदाको दिन सोमबार विहान पौने ११.२० देखि बजेदेखि १ं३० सम्म भेटवार्ता भएको हो ।

राष्ट्रपति र नेपालबीच भेटवार्तामा के विषयमा कुरा भयो भन्ने दुबै पक्षले खुलाएको छैन । तर एमाले विभाजन पछिको राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको हुन सक्ने नेपाल निकट नेताले बताए । एमाले हुदा पनि पटक पटक पार्टीका आन्तरिक मामिलामा चासो राखेको भन्दै राष्ट्रपति भण्डारीको आलोचना हुदै आएको छ । तर पनि राष्ट्रपति र नेपालबीचको भेटवार्तालाई महत्वका साथ हेरीएको छ । केहि दिन पहिला दल विभाजन सम्बन्धि अध्यादेश राष्ट्रपतिले जारी गरेकी थिइन ।

एमालेमा निमार्ण भएको तेस्रो धार अहिले बालकोटमा एमाले अध्यक्षसंग वार्तामा बसेका छन् । एमालेमा तेस्रो धार भन्दै भीम रावल, सुरेन्द्र पाण्डे , घनश्याम भुषाल,गोकर्ण विष्ट, भीम आचार्य , युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य नयाँ धारमा जोडिएका छन् ।

नेता नेपालले दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरेका छन् । बुधबार ९ गते सनाखतको लागि आयोगले बोलाएको छ । त्यो अगाडि राष्ट्रपतिले एमाले मिलाउने प्रयास स्वरुप नेपालसंग भेटवार्ता गरेको हुनसक्ने अनुमान पनि गरीएको छ ।