Swornakshar Logo

सरकारले उखु किसानलाई सम्पूर्ण भुक्तानी तत्काल दिलाइदिन किसान संगठनहरुको माग

काठमाडौं । विभिन्न ६ वटा किसान संगठनहरुले किसानहरुलाई उखुको भुक्तानी तत्काल एकमुष्ट रुपमा दिलाई दिन माग गरेका छन् । सरकारको तर्फबाट प्रदान गरिनुपर्ने तोकिएको अनुदान रकम अबिलम्ब भुक्तानी गराउन सरकारसँग माग गरेका छन् ।

विभिन्न ६ दल निकट किसान संगठनहरुले संयुक्त विज्ञप्ति जारी गर्दै वर्तमान सरकारले ओली सरकारले जस्तो बेइमानी नगरी उखु किसानहरूले चिनी मिलहरू र अन्य व्यापारीहरूलाई बेचेको उखुको भुक्तानी बापत प्राप्त गर्नुपर्ने सम्पूर्ण रकम भुक्तानी हुने व्यवस्था गरी दिन माग गरेका छन् ।

संगठनहरुले संयुक्त विज्ञप्ती निकाल्दै सरकारलाई छिटो भन्दा छिटो उखु किसानको रकम भुक्तानि गर्ने व्यवस्था मिलाउन माग गरेको छ । विज्ञप्तीमा भनिएको छ ‘वतर्मान सरकारले ओली सरकारले जस्तो बइेमानी नगरी उखु किसानहरूले चिनी मिलहरू र अन्य व्यापारीहरूलाई बचेको उखुको भुक्तानी बापत प्राप्त गनु पर्ने सम्पणर््ूा रकम (व्याज तथा हजार्ना समते ) एकमष्ुठ रुपमा र सरकारको तफर्बाट पद्रान गरिनपर्ने ताेिकएको अनदुान रकम अबिलम्ब भुक्तानी गर्न÷गराउन हामी किसान सगंठनहरू जोडदार माग गदछौं । यदि किसानहरूको रकम तत्काल भुक्तानी नगरिएमा हामी उखुकिसानहरूको
पक्षमा चिनी उद्योगी तथा व्यापारीहरू र सरकारको विरुद्धमा कडा सघंर्षमा उत्रनेर सघंर्षको मदौनमा कुनै अपिय्र घटना घटेमा त्यसको सम्पणर््ूा जिम्मवोर सम्बन्धित चिनी उद्योगी , व्यापारी तथा सरकार हनुपर्ने कुरा पनि यसै प्रेस बक्तव्यमाफर्त स्पष्ट पार्न चाहन्छौँ ।’

अनेक जालझेल र तिकडम गरेर सत्तामा टिकेको केपी ओली सरकारले उखु किसानहरूले पाउनुपर्ने भुक्तानी तत्काल उपलब्ध गराउने र किसानहरूले सडकमा आउनुपर्ने अवस्थाको अन्त्य गर्ने भनेर किसान संगठनहरू र उखु किसानहरूलाई झुठो आश्वासन दिए पनि आफ्नो बचन पूरा नगरेको विज्ञप्तीमा उल्लेख गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘ वर्षा, झरी, गर्मी, ठण्डी, हिउँ, तुषारो नभनीकन वर्षभरि परिश्रम गरेर उत्पादन गरिएका कृषि उपजहरूले बजार नपाउनु, बजारमा लगिएका आफ्ना उपज÷वस्तुको मूल्य आफैले निर्धारण गर्न नपाउनु र महिनौँको मेहनतबाट उत्पादन गरेको वस्तुमा उत्पादक किसानहरूले अत्यन्तै कम मूल्य पाउनु तर उपभोक्ता तथा आम सर्वसाधारणले अत्यधिक मूल्य चुकाउन बाध्य हुनुपर्ने र उपभोग्यवस्तुको मूल्यको ठुलो हिस्सा विचौलिया, दलाल र व्यापारीहरूले पाउने स्थिति नेपाली कृषिको तितो यथार्थ हो ।’

यसरी विज्ञप्ति जारी गर्नेमा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)का अध्यक्ष चित्रबहादुर श्रेष्ठ, अखिल नेपाल किसान महासंघका महासचिव बलराम बाँस्कोटा, अखिल नेपाल किसान महासंघ (अप्फा) का अध्यक्ष भैरव रेग्मी, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) का अध्यक्ष सीताराम तामाङ, अखिल नेपाल किसान युनियनका अध्यक्ष लोकनारायण सुवेदी, अखिल नेपाल प्रगतिशील किसान संघका इञ्चार्ज कृष्ण राना रहेका छन् ।