Swornakshar Logo

संविधान मास्न ल्याएको अध्यादेश र जोगाउन ल्याएको अध्यादेश एउटै हो भन्न मिल्दैन–प्रचण्ड

काठमाडौं । सत्तारुढ गठवन्धनका तर्फबाट सरकारले ल्याएको अध्यादेशको चर्को विरोध भईरहेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यसको समर्थन गरेका छन् ।

आज राजधानीमा आयोजित माओवादी नेता बामदेव क्षेत्रीको पुस्तक विमोचन गर्ने कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले अघिल्लो पटक केपी ओलीले ल्याएको अध्यादेशको विरोध गरेकाहरुले नै अहिले अध्यादेश ल्याए भनेर विरोध भईरहेको प्रति असन्तुष्टी प्रकट गरे ।

ओली सरकारले ल्याएको अध्यादेश लोकतन्त्र, संविधान र व्यवस्था मास्न आएकाले त्यसको विरोध गर्नु स्वभाविक भएको प्रचण्डको ठहर छ । तर अहिले यो सरकारले संविधानको रक्षाका लागि, लोकतन्त्र र व्यवस्था बचाउनका लागि अध्यादेश ल्याएको तर्क गरेका हुन् ।

‘केपी ओलीले अध्यादेश ल्याउँदा विरोध गरेको अहिले आफैंले किन ल्याएको ? भन्ने प्रश्नहरु सुनेको छु । एउटा अध्यादेश संविधान, लोकतन्त्र र व्यवस्था सिध्याउन थियो, अहिले त्यसलाई बचाउन ल्याएको हो । यी दुई एक्कै हो भनेर व्याख्या गर्नु हुँदैन,’ प्रचण्डले भने ।