Swornakshar Logo

माधव नेपालको नेतृत्वमा एमाले समाजवादी दर्ता , ९५ सदस्यीय केन्द्रीय कमिटी

काठमाडौं । अ्रन्तः नेकपा एमाले विभाजन भएको छ । माधवकुमार नेपालको नेतृत्वमा नेकपा एमाले समाजवादी पार्टी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दताृ भएको छ ।

नेकपा एमाले समाजवादी पार्टीको अध्यक्षमा माधवकुमार नेपाल र वरिष्ठ नेतामा झलनाथ खनाल रहने भएका छन् । अन्य नेताहरु सदस्य रहने छन् । एमाले समाजवादीको केन्द्रीय कमिटी ९५ हुने निवेदन दर्ता पछि नेता राजेन्द्र पाण्डेले बताए । नवौं महाधिवेशन र नेकपा बन्दाका एमालेका ५८ जना केन्द्रीय सहित ३७ जना नयाँ केन्द्रीय कमिटीमा समेटिने छन् ।

आयोगमा निवेदन दर्ता गरीसकेपछि पाण्डेले दल दर्ताको प्रमाणपत्र प्राप्त भएपछि एमाले समाजवादीको राष्ट्रिय सम्मेलन गर्ने बताए । उनले भने ‘हामी क्रान्तिकारी कम्युनिष्ट पार्टी बनाउँछौ । एमालेमा अल्मलिएर रहेका साथीहरूलाई पनि चाडोभन्दा चाडो नेकपा एमाले (समाजवादी) मा आउन आग्रह गर्छौ ।’
बुधबार नै राष्ट्रपतिले दल दर्ता सम्बन्धि अध्यादेश जारी गरेकि थिइन । नेपाल पक्षले उक्त अध्यादेश जारी पनि दल दर्ताको लागि निवेदन दिएका छन् ।