Swornakshar Logo

पार्टी दर्ता गर्न नेपाल पक्ष निर्वाचन आयोगमा

काठमाडौं । अध्यादेश आएसंगै नेकपा एमालेको माधवकुमार नेपाल पक्ष दल दर्ता गर्न निर्वाचन आयोग पुगेको छ । नेपाल पक्षका आफ्ना विश्वासीला नेता बेदुराम भुसाल र राजेन्द्र पाण्डेलाई आयोग पठाएका छन् ।

बुधबार अर्याल होटलमा केन्द्रीय कमिटीको बैठक बसेर दल दर्ता गर्ने निर्णय गरेको नेता मेटमणि चौधरीले बताए । जारी अध्यादेश अनुसार संसदीय दल वा केन्द्रीय कमिटी मध्य एकमा २० प्रतिशत संख्या भए दल दर्ता हुने व्यवस्था छ ।

चौधरीका अनुसार आजै पार्टी दर्ता हुने सम्भावना बढी रहेको बताए । दलको नाम नेकपा एमाले समाजवादी र चुनाव चिन्ह खुल्ला किताब राख्ने तयारी साथ आयोग गएका चौधरीले बताए । स्रोतका अनुसार भुसाल र पाण्डेले दल दर्ता आजै हुनसक्ने भन्दै निर्वाचन आयोग पुगेर आग्रह गरेका छन् ।