Swornakshar Logo

अफगानिस्तानका राष्ट्रपति देश छाडेर ताजिकिस्तानतर्फ भागे

काठमाडौं । अफगानिस्तानका तालिबान विद्रोहीहरू देश कब्जा गर्दै राजधानी काबुल कब्जा गर्ने अवस्थामा पुगेपछि राष्ट्रपति असरफ गानी देश छाडेर भागेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

राष्ट्रपति गानी र उपराष्ट्रपति अमरुल्लाह सालेह ताजिकिस्तानतर्फ लागेको तोलो न्युजले जनाएको छ। त्यहाँबाट उनीहरु अर्को मुलुकतर्फ जाने बताइएको छ।

रोयटर्सका अनुसार गृह मन्त्रालयका एक अधिकारीले पनि यो खबरलाई पुष्टि गरेका छन्। गानीका निकट सहयोगीहरुले देश छाडेका छन्।

यसअघि दिउँसो कार्यवाहक रक्षामन्त्री बिस्मिल्लाह मोहम्मदीले राष्ट्रपतिले संकट समाधानको अधिकार राजनीतिक नेताहरुलई सुम्पेको बताएका थिए।