Swornakshar Logo

प्रधानमन्त्री ज्यु एमसीसी बिर्सनु भयो कि क्या हो ?ओली

काठमाडौं । केपी शर्मा ओलीले सरकारले एमसीसी के गर्नु हुन्छ भनेर प्रश्न गरेका छन् ।

उनले भने ‘एमसीसी केपी ओलीले पास गर्न खोजेको क्लिप बजाउनु हुन्छ । एमसीसी के गर्नु हुन्छ ? पास गर्नु हुन्छ कि गर्नु हुन्न ।’
तपाईसंग १६५ जना छन् । १६५ जनाको सफल जत्थाले के भन्छ एमसीसीका बारेमा ? जनताले जवाफ चाहेको ओलीले बताए ।
सरकारमा त जस्केलाबाट आउनु भयो । सबै ठाउँमा जस्केलो प्रयोग नगर्न आग्रह गरे ।

लिम्पीयाधुरा कालापानी भारतसंग वार्ता गरेर ल्याउनु पर्छ भन्नु पर्छ किन भन्न सकेन भन्दै प्रश्न गरे । उनले भने ‘भारतसंग वार्ता गरेर ल्याउछु किन भन्न सक्नु भएन ? हाम्रो भूमि समस्या हो ? के त्यो भूमि छोडेमा समस्या समधान हुने हो ? खुट्टा कमाउने कसले बनायो ?’