Swornakshar Logo

‘भ्यान्टीलेटर’बाट प्रधानमन्त्री हुदैनःओली

काठमाडौं । प्रमुख प्रतिपक्ष दलका नेता तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा सम्बोधन गदै आफू ‘भ्यान्टीलेटर’बाट प्रधानमन्त्री नहुने बताए ।

उनले सम्बोधन गदै भने ‘म झ्यालबाट होइन । भ्यान्टीलेटरबाट होइन । मुल बाटोबाट आउने छु । फेरीपनि सुनिराख्नोस म असाधारण जनमतबाट जितेर आउने छु ।’

वर्तमान सरकारलाई विभिन्न स्वार्थबाट बनेको आरोप लगाए । उनले भने ‘म प्रधानमन्त्री स्वार्थमा भएको होइन । जालिमुद्दा जितेर पनि प्रधानमन्त्री भएको होइन ।’

आफू पुन जनमतबाट जितेर आउने बताए । उनले भने ‘म प्रधानमन्त्री भएको जनादेशबाट हो । परमादेशबाट होन । प्रधानमन्त्री दाइजोबाट होइन, जजमानीबाट होइन । जनादेशबाट भएको हुँ ।’

ओलीले आफुले उपयुक्त ठाउँमा उपयुक्त व्यक्ति नियुक्त गरेको बताए । उनले भने ‘नातावाद र कृपावादको छाया पर्न दिइन । सहयात्रामा रहेका साथिहरुलाई पनि त्यहि भने । त्यहि निति अबलम्बन गर्न भने ।’

केहि व्यक्तिका इच्छामा आफ्नो नितिले तुसारापात भएको आरोप लगाए । उनले आफ्नो कारण आफ्नै पार्टीका मानिसको अपेक्षा पुरा नभएको बताए । उनले भने ‘कसैको अपेक्षा पुरा हुने लक्षण पनि देखिएन । मेरो कामले लोकप्रियता देखेर छाति जल्यो । भ्रष्टाचार गर्न दिन्न भन्दा कतिलाई धक्का पुग्यो । मेरो पार्टीभित्र नै समस्या पैदा भयो ।’