Swornakshar Logo

नेपाल पक्षको निष्कर्षः एकता लतारिएर हुदैन

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीसँग सम्मानजनक रुपमा मात्र एकता गर्ने निस्कर्ष निकालेको छ ।

दुई दिनदेखि जारी केन्द्रीय कमिटीको बैठकबाट उक्त निस्कर्ष निकालेको स्थायी कमिटी सदस्य रघुजी पन्तले जानकारी दिए । उनले भने ‘हामी सम्मानजनक एकता भए एकतामा जान्छौ तर लतारिएर एकतामा जादैनौ । एकता हुदा दुवै पक्षको जित हो, विभाजनमा गयौँ भने सत्यानास हुन्छाौं ।’ ओली पक्षले एकलौटी रूपमा गरी रहेका पार्टीका सङ्गठनात्मक गतिविधि तत्काल रोक्न माग गरेको पन्तले बताए । उनले भने ‘एका तर्फ पार्टी एकता गर्ने भन्ने र त्यसका लागि वार्ता पनि गर्ने । फेरी एक लौटी रुपमा पार्टी सदस्यता नवीकरण, विधान अधिवेशन लगायतका सङ्गठनात्मक काम भएकाले त्यो रोक्नु पर्छ ।’

बैठकलाई सम्बोधन गदै नेपालले आफूहरू एकताकै पक्षमा रहेको भन्दै केपी अ‍ोलीले जति गाली गरेपनि पार्टी एकताको पक्षबाट नभाग्ने बताएका थिए । नेता नेपालको भनाइ भन्दै पन्तले भने, ‘ओलीले पार्टी एकताका गर्ने भन्दै अलमल्याउन खोजेको त होइन भन्ने प्रश्न पनि उठेको छ । तर हामी एकताको प्रयास गर्छौ ।’

नेता पन्तले बैठकले चारवटा प्रस्ताव पास गरेको जानकारी दिए । सर्वोच्च अदालतको प्रतिनिधि सभा पुनर्स्थापना गर्ने फैसलाको स्वागत, १० बुँदे भएको बेला र एकता प्रक्रिया चलेका बेला नेताहरूमाथि लाञ्छना लगाउनु नहुने, १० बुँदे सहमतिले एकताको आधार तयार गरेको र त्यसैका आधारमा थप निर्णय गर्न स्थायी कमिटीलाई जिम्मेवारी दिएको पन्तले बताए ।