Swornakshar Logo

मुख्यमन्त्री शंकर पोखरेलको निवासमा बन्दी बनाएको विमला वलीको खुलासा

काठमाडौं । लुम्बिनी प्रदेशसभा सदस्य विमला वलीले आफूलाई मुख्यमन्त्री शंकर पोखरेलको सरकारी निवासमा बन्दी बनाएर राखेको खुलासा गरेकी छिन् । उनले पत्रकार सम्मेलन गदै आफुलाई मुख्यमन्त्री निवासमा जबर्जस्ती एमालेमा रहेको भन्दै विज्ञप्तीमा हस्ताक्षर गर्न लगाएको आरोप लगाइन ।
बिहीबार गरेको पत्रकार सम्मेलनमा उनले आफू माओवादी केन्द्रमै रहेको बताइन् ।

साउन १६, १७ र १८ गते मुख्यमन्त्री पोरखेलको निवासबाट बाहिर निस्कन नदिइ एमालेमा फर्कन दबाब दिएको बताइन । उनले पत्रकार सम्मेलनमा भनिन् ‘मैले एमालेमा नफर्कने अडान राखि राखे , साउन १८ गते विज्ञप्ति लेखेर मलाई पढ्नै नदिइ जबरजस्ती हस्ताक्षर गराइयो । दुई तीन वटा माइन्युटमा पनि जबर्जस्ती हस्ताक्षर गराइयो ।’

पछिल्लो समयमा आफूलाई असह्य पीडा भएको र त्यहि कारण भागेर पार्टी सम्पर्कमा आएको बताइन । उनले भनिन् ‘सबै आराम गरेको मौका छोपेर ट्वाइलेटको चप्पल लगाएर नेकपा माओवादी केन्द्र संसदीय दलको कार्यालयमा पुगेकी हुँ ।