Swornakshar Logo

माधव पक्षको स्थायी कमिटी बैठक सुरु,केन्द्रीय कमिटी बैठक केहि समय पछि

काठमाडौं । नेकपा एमालेको झलनाथ खनाल–माधव नेपाल पक्षको स्थायी कमिटी बैठक सुरु भएको छ । केहि समय पहिला बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा स्थायी कमिटी बैठक सुरु भएको छ । स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीका बैठकको एजेण्डा तय गर्ने बताइएको छ ।
स्थायी कमिटीले बैठक सकिएपछि केन्द्रीय कमिटी बैठक सुरु हुनेछ ।

केन्द्रीय कमिटी बैठक बधबारलाई तय गरेको भएपनि बाहिरबाट नेताहरु आउन ढील भएकाले स्थिगित भएको थियो । बिहीबार बाट सुरु हुने केन्द्रीय कमिटीको बैठकमा सहभागी हुनका लागि देशभरबाट खनाल–नेपाल पक्षीय नेताहरु आएका छन् । आजको बैठकबाट एमाले विभाजन हुने नहुनेबारे अन्तिम टुंगो लाग्ने एमाले नेताहरुको भनाइ छ ।

ओली पक्षले बुधबार साँझ एक विज्ञप्ति जारी गरि नेपाल पक्षले बेलाएको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुन केन्द्रीय सदस्यलाई अपिल जारी गरिसकेको छ । ओली पक्षले बैठक अवैधानिक भएको पनि बताएको छ ।